२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरको ‘घ’ लाइनमा ५० लाखको लागतमा नाला निर्माण गरिँदै

तुलसीपुर, ११ कात्तिक । तुलसीपुर बजारको ‘घ’ लाइनमा ५० लाख रुपैयाँको लागतमा नाला निर्माण गरिने भएको छ । गौरवको आयोजना अन्तर्गत उक्त नाला निर्माण गर्न लागिएको तुलसीपुर–५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।

८ मिटर चौडाइ रहेको उक्त सडकको दुवैतर्फ नाला निर्माण गरिनेछ । पहिलो चरणमा नैना हार्डवेयरदेखि दक्षिणतर्फ १७० मिटर लम्बाइमा नाला निर्माण गर्ने योजना रहेको छ ।

नाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । हाल लागत अनुमान तयार गरी टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाइएको प्राविधिक अधिकृत नेवबहादुर केसीले जानकारी दिनुभयो ।

नाला निर्माण भएपछि बजार क्षेत्रमा वर्षातको समयमा पानी निकासमा सहजता आउने र सडकमा पानी जम्ने समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।