२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिको अध्यक्षमा पोख्रेल

तुलसीपुर, १ पुष / तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी पदम पोख्रेल (जेठु कान्छु) निर्वाचित भएका छन् । तुलसीपुरमा सम्पन्न व्यवसायीहरुको वृहत भेलाले सर्वसहमत रुपमा पोख्रेललाई निर्विरोध निर्वाचित बनाएका हुन् ।

त्यैगरी समितिको वरिष्ठ उपाध्यक्षमा कमल गौतम, उपाध्यक्षमा ठाकुर विक, सचिवमा विनोद चौधरी, कोषाध्यक्षमा चिरञ्जीवी रेग्मी चयन भएका छन् ।

त्यसैगरी सदस्यमा नरेन्द्र प्रसाद चैधरी, हरि भुसाल र धनबहादुर बोहरा चयन भएका छन् । निवर्तमान अध्यक्ष टोपबहादुर महताराको अध्यक्षतामा बसेको बैठकले व्यवसायीक हकहितका लागि तथा अटो भिलेज व्यवस्थापनका लागि विभन्नि निर्णय समेत गरेको वरिष्ठ उपाध्यक्ष कमल गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।