२०८३ कार्तिक ९ गते आइतवार

कृषिको व्यवसायीकरणका लागि सल्यानको छत्रेश्वरीमा माटो परिक्षण

सल्यान, ३१ जेष्ठ ।  माटोको अवस्था र उर्वरा शक्तिबारे जानकारी लिएर उत्पादकत्व बढाउने उदेश्यले सल्यानको छत्रेश्वरीमा माटोको नमुना परिक्षण गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र एकिकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोगमा छत्रेश्वरी गाउँपालिकाले किसानको खेतबारिको माटोको नमुना परिक्षण गरेको हो । माटोको अवस्था पत्ता लगाउने र सोही अनुसारको बाली लगाउने व्यवस्थका लागि माटो परिक्षण गरिएको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । ८७ जना किसानले संकलन गरेर ल्याएको फरक फरक स्थानको माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ एवं माटोको पिएच मापन गरिएको हो । पिएच मापन गर्दा तटस्थ ५८, क्षारिय १५ र अम्लिय १४ भेटिएको प्राविधिक टोलिले जनाएको छ ।

बुधबार आयोजित माटो परिक्षण शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न माटो परिक्षण शिविर संचालन गरेको बताउनुभयो । नमुना परिक्षणबाट किसानलाई आफ्नो खेतमा रहेको माटोको अवस्था र कुन बाली लगाउदा उपयुक्त हुन्छ भन्ने जानकारी हुने र यसबाट कृषि उत्पादन बृद्धि गर्न राहत पुग्ने उहाको अपेक्षा छ । गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले माटोमा भएका उर्वराशक्तिलाई थप बिग्रन नदिनुका साथै सुधारका काम गर्न माटो परीक्षण उपयोगी हुने बताउनुभयो । प्राविधिकको टोलीले बालीनालीका लागि आवश्यक पर्ने खाद्य तत्वका बारेमा पहिचान गरेर सुहाउँदो मल, बीउ एवं विषादी प्रयोगका बारेमा समेत कृषकलाई सुझाव दिएको बताइएको छ । एकिकृत कृषि प्रयोगशाला माटो परिक्षण शाखा बिरेन्द्रनगर सुर्खेतका प्रयोग शाहीको प्राविधिक टोलिले माटो परिक्षण गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरु प्रसाद योगी, कृषि विकास शाखा प्रमुख दिपक पुन लगायतले बोल्दै कृषिको व्यवसायिकरणका लागि प्राथमिकताका साथ काम भैरहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।