सल्यान,१० जेठ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशले सल्यानको कपुरकोट गाउँपालिकामा कृषि बीमाको महत्व र प्रभाबकारीताका बारेमा जानकारी गराएको छ । गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी बिभिन्न बीमा कम्पनीका प्रतिनिधि तथा अगुवा किसानहरुलाई बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरी बीमाको महत्व र प्रभाबकारीताका बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले किसानहरुले कृषि बीमाको अत्यन्त आबश्यकता महशुष गरेको तर बीमा रकम प्राप्त गर्ने प्रकृया झन्झटिलो भएकाले कृषि बीमा तर्फ आकर्षण बढ्न नसकेको बताउनु भयो । ‘पशुपन्छी तथा तरकारीबालीको बीमा गर्न चाहाने किसानको जमात गाउँपालिका भरी नै छ तर बीमा रकम छिटो र सहज रुपमा प्राप्त गर्ने गरी उत्पादनका आधारमा बीमा गरिनु पर्दछ । ‘ मैले उत्पादनका आधारमा बीमा हुन्छ भन्ने आज सुने यदि त्यसोे हो भने कृषि बीमा कार्यक्रमलाई गाउँपालिकाको सबै बस्ती स्तर सम्म चलाइने छ ।’ उहाँले भन्नुभयो–‘कृषिका क्षेत्रमा नागरिकको भबिश्य सुनिश्चित हुने गरी काम गर्नु गाउँपालिकाको प्रमुख दायित्व हो ।’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले प्राकृतिक प्रकोपका कारणले कपुरकोटका किसानलाई वर्षेनी रुपमा क्षेती पुर्याउदै आएकाले किसानलाई जोगाउने आभियानमा गाउँपालिका अग्रसर रहेको बताउनु भयो । ‘यदि प्रत्येक वर्ष प्राकृतिक प्रकोपले क्षेती पुर्याउदै जाने हो भने किसानको आर्थिक अवस्था माथि उठ्ने स्थिति छैन त्यैसले कृषि बीमा गर्न जरुरी छ । उहाँले भन्नुभयो–‘हामीले किसानलाई कृषि बीमा गर्न प्रेरित गछौं तर पशुपन्छी तथा तरकारीमा क्षेती भएमा बीमा कम्पनीले बीमा रकम तत्कालै उपलब्ध गराउनु पर्दछ ।’
यस्तै कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले कपुरकोट गाउँपालिकामा कृषि बीमा गर्ने बीमा कम्पनीको सहजताका लागि वडामा रहेका आफ्ना कृषि प्राबिधिकहरुलाई परिचालन गरिने बताउनु भयो ।
यस्तै नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशका प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्र आम नागरिकहरुको दुख पर्दाको सारथी भएको बताउदै बीमाको क्षेत्रमा जोडिन आग्रह गर्नुभयो । सोडारीले कर्णाली प्रदेश सरकारले कर्णालीका प्रत्येक नागरिकहरुको प्राकृतिक प्रकोप बीमा गरी दिएको जानकारी गराउदै प्राकृतिक प्रकोप कै कारण ज्यान गुमाएका परिवारले दुई लाख रुपैया बीमा रकम पाउने समेत जानकारी दिनु भयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।