२०८३ कार्तिक ९ गते आइतवार

तरकारीमा कर लगाएको भन्दै कपुरकोटका किसान र व्यापारीको ध्यानाकर्षण

जेठ,५ सल्यान । सल्यानको कपुरकोटमा उत्पादित बेमौसमी तरकारीमा गाउँपालिकाले कर लगाउने भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको किसान र तरकारी व्यापारीहरुले जनाएका छन् । कपुरकोट गाउँपालिकाले किसान तथा व्यापारीलाई घुमाई फिरार्ई प्रत्यक्ष मर्का पार्ने गरी कपुरकोटबाट निर्यात गरिने बेमौषमी तरकारीमा प्रतिकिलो एक रुपैया र हाट बजार व्यवस्थापनका लागि प्रतिकिलो पच्चीस पैसा निकासी कर लगाउने प्रस्ताब ल्याएको भन्दै अगुवा किसान तथा तरकारी ब्यापारीहरुले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गाउँपालिकाबाट कृषि बाटोलाई प्राथामिकता नदिनु, किसानलाई अनुदान दिने व्यवस्था नगरिनु, हाट बजार स्थललाई व्यवस्थित नबनाउनु, हाट बजार व्यस्थापन समितिद्धारा आर्थिक आयव्यय सार्बजनिक नगरिनु तर तरकारीमा निकासी कर लगाउने प्रस्ताब आउनु दःखद रहेको अगुवा किसान तथा तरकारी ब्यापारीहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यता कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकाको आन्तरिक राजश्व बढवा दिने प्रमुख आधार तरकारी भएकाले कर लगाउने नलगाउने भन्ने विषयमा राजश्व परामर्षदाताहरुसंग सामान्य छलफल मात्र भएको बताउनु भएको छ ।

भण्डारीले केहि दिनमा नै अगुवा किसान,तरकारी व्यापारी तथा गाउँपालिकाको बिचमा बृहत अन्तरक्रिया कार्यक्रम गरिने र अन्तरक्रियाबाट आएका राय सुझाबका आधारमा निश्कर्ष निकाल्दै आगामी गाउँसभाबाट निर्णय गरिने बताउनु भयो ।।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।