२०८३ कार्तिक १० गते सोमवार

उरहरीमा शित भण्डारण केन्द्रको उद्घाटन

तुलसीपुर,२ फागुण । साना किसान कषि सहकारी संस्था लिमिटेड उरहरीमा निर्माण गरिएको शित भण्डारण केन्द्रको आज उद्घाटन गरिएको छ । सहकारी संस्थाका अध्यक्ष कान्त प्रसाद वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यता एंव मझौला कृषक आयस्तर बृद्धि आयोजनाका निर्देशक गोकर्ण अर्यालको विशिष्ठ आतिथ्यमा केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख आचार्यले कृषकहरुको जिवनस्तर माथि उकास्नका लागि शितभण्डार केन्द्रले निकै महत्व राख्ने बताईन । हरेक किसान अव उद्यम बन्न सके मात्र आर्थिक रुपमा सम्पन्न भईने उनले बताएकि थिईन । सो कार्यक्रमको सजिहरकण संस्थाका प्रबन्धक चिरीञ्जीवि केसी र अनुज केसीले गरेका थिए । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ५५ लाख ८२ हजार र संस्थाको ४९ लाख ३२ हजारमा शितभण्डार निर्माण सम्पन्न भएको हो । शित भण्डार उद्घाटन भएपछि अव किसानहरुले १ सय मेट्रीक टन सम्म आलु भण्डार गर्न सक्ने छन । शितभण्डारले कृषकहरुको आय आर्जनमा बृद्धि गर्नका सहयोग पुग्ने कृषि सहकारी संस्थाले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।