मान्छेको जीवन किन यति सस्तो बनाइँदै छ ?

प्रभावकारी रुपमा भएका कानुन कार्यान्वयन नहुँदा मानिसको जीवन पैसाको तुलनामा मूल्य हिन बन्दै गएको छ । त्यसको ज्वलन्त उदाहरण मंगलबार दिउसो साढे ३ बजे तुलसीपुर –१९ खरखरेमा भएको अटो रिक्सा दुर्घटनालाई लिन सकिन्छ । मादक पदार्थ सेवनका कारण लठ्ठीएका रा१ह ३१९१ नम्बरका चालकको तुफानी बेगको हुँइक्याँइले दुर्घटना हुँदा २ बालिका सहित ७ जना घाइते भए । एक जना बालिकालाई चोटपटक लागेन । दुर्घटनाका घाइतेको उद्धार गर्न छोडेर भागेका तुलसीपुर –१९ बाँसगढी निवासी ४५ वर्षका अटो चालक हिरालाल चौधरी बुधबार बिहानसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।

उनले योसंगै २ पटका दुर्घटना गराएका छन् । ४ जनाको क्षेमता भएको अटोमा, चालक सहित ९ जना थिए । एउटा चालकको लापरबाहीले मन्दिरको दर्शन गरेर रमाउँदै घर फर्किदै गरेका नागरिकहरु दुर्घटनाका कारण क्षणभरमै रगताम्य भए । घरमा पुगेको दुर्घटनाको खबरले रुवाबासी समेत चल्यो । दुर्घटनाको पिडा कति हुन्छ भन्ने कुरा कि स्वयम व्यक्तिलाई होला कि त्यस घरको परिवारलाई होला । एउटा चालकको लापरवाहीले कुनै व्यक्तिले अकालमा ज्यान गुमाउँदा वा अंगभङ्गले उसको परिवारमा हुने पिडाबोधलाई त यहाँ व्याख्या नै गर्न सकिदैन ।

तर पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा, तिव्रगति र मापेसका कारण दुर्घटनाको ग्राफ बढ्दो छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएको साउन देखि चैत्र महिना सम्म भएका २८६ वटा सवारी दुर्घटनामा ५ जनाको अकालमा ज्यान गएको छ भने गम्भिर घाइते ७५ जना भएका छन् । त्यसैगरी २९१ जना सामान्य घाइते भएका छन् । यो तुलसीपुर उपमहानगर क्षेत्रको मात्रै कुरा हो । यसलाई कम आँक्न सकिदैन । फितलो कानुन र कडा कारबाहीको व्यवस्था नहुँदा पनि यस्ता समस्याहरु बारम्बार दोहरि रहन्छन् । घटनाको प्रकृति हेरेर दुर्घटनाको एक हजार र मादक पदार्थ सेवन गरेमा एक हजार जरिवाना गर्ने व्यवस्था छ । अधिकतम कारबाही भनेको कसैलाई करकाप गरेर सवारी साधानमा जाँदा दुर्घटना भयो भने त्यसको २ हजार र मापसेको २ हजार जरिवान छ ।

तर चालकको लापरबाहीले अंगभङ्ग भएमा केहि औषधी उपचार बाहयक अरु केहि पनि हुँदैन । पहुँच नभए त त्यो पनि चन्दा उठायर औषधि उपचार गर्नुपर्ने अवस्था हुन्छ । भएका कानुलाई कार्यान्वयन गर्न नसक्दा र घटनाको प्रकृति हेरेर थप कानुन परिमार्जन नहुँदा पनि यस्ता समस्या बढ्न थालेका हुन् । मानविय संवेदन हराएका कतिपय चालकले त पाँच लाखको भारी त हो भनेर पेल्ने गरेको पनि गुनासो आउने गर्छ ।

दुर्घटना आफैमा दुःखद कुरा हो । कसैको छोरा, श्रीमान, बुवाको अकालमा हुने मृत्यु वा अंगभङ्गगले उसको परिवार साहारा बिहीन हुँदा पोलणपोषण, शिक्षादिक्षादेखि हरेक कुरामा कति ठूलो असर र प्रभाव पार्छ भन्ने कुरा कहिले बुझने । हाम्रो असावधानीले एउटा परिवारको सहारा त गुम्छ नै त्यसले हाम्रो मान, मर्यादा, प्रतिष्ठा संगै आर्थिक र भौतिकमा पनि क्षेति पु¥याउँछ । हामी कम्जोर हुँदा त्यसले हाम्रो परिवार पनि त कम्जोर हुन्छ भन्ने कुरा चालकले बुझन जरुरी छ । योसंगै कानुन कार्यान्वय गराउने जिम्मेवारी पाएको निकायले पनि ट्राफिक नियमका मापदण्ड पालना भए नभएको विषयमा अलि तदारुकता दिनुपर्ने देखिन्छ ।।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया