तुलसीपुर २७ माघ ।
तुलसीपुर ४ लामीदमारलाई बेमौसमी तरकारी उत्पादनको क्षेत्रका रुपमा विकास गर्नका लागी त्यस क्षेत्रमा तरकारी संकलन केन्द्रको भवन निर्माण गरीएको छ । भवन निर्माण भएसंगै त्यस क्षेत्रमा आगामी फागुन १५ गतेदेखी तरकारी संकलन तथा विक्रि वितरण सुरु गरिने भएको छ ।
बेमौसमी तरकारी उत्पादनका लागी फर्म विकास उपआयोजना अन्र्तगत साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना मार्फत पुरक अनुदान सहयोगमा नुवाकोट कृषक समुहले उक्त भवन निर्माण गुर्नको साथै विभिन्न कृषि सामग्री वितरण गरेको हो ।
प्रसस्त तरकारी उत्पादन क्षेत्रको रुपमा मानिने लामीदमारका किसानहरुले थप बेमौसमी तरकारी उत्पादन गर्नलाई सहज बनाउने उद्देश्यले भवन निर्माण गर्नुको साथै लाखौ रुपैयाको विभिन्न कृषि सामग्रीहरु किसानहरुलाई वितरण गरीएको नुवाकोट कृषी समुहका सल्लाहकार धर्मराज भण्डारीले बताएका छन् ।
कृषिका लागी उपयुक्त क्षेत्र भएकाले कृषि समुहले किसानहरुको आयस्तर बृद्धिका लागी तरकारी संकलन गरी विक्रि वितरण गर्ने लक्ष्यका साथ विभिन्न गतिविधि सन्चालन गरीएको उनले बताएका छन् । जसका लागी साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको १८ लाख ७९ हजार ९ सय ३२ रुपैया पुरक अनुदान र नुवाकोट कृषि समुहको आन्तरिक लगानी मार्फत भवन निर्माण तथा किसानहरुलाई विभिन्न कृषि सामग्रीहरु वितरण गरीएको छ ।
जस अनुसार २० वटा अर्धस्थायी प्रकृतिको टनेल निर्माण सामग्री , २० वटा बाँसको टनेल निर्माण, एउटा पावर ट्रेलर ट्रली सहित ,तिन वटा मिनी टेलर ,दुई सय वटा क्यारेट, दश वटा चार्ज वाला स्प्रे टंकी , १५ वटा सादा स्प्रे टंकी, २७ वटा जैविक विषादी तथा मल निर्माण गर्ने प्लाष्टिक ड्रम लगाएतका विभिन्न सामग्रीहरु किसानहरुलाई प्रदान गरीएको सल्लाहकार भण्डारीले जनाएका छन् ।
उनका अनुसार लामीदमार, छोटीदमार, भेरीखोर, तरुले, सिस्नेकुटी लगाएतका क्षेत्रमा बाह्रै महिना पानी प्रसस्त हुने गरेको छ । त्यस क्षेत्रका किसानहरु अधिकांस कृषि पेशामा आत्मनिर्भर रहेका छन् । तर यातायातको राम्रो सुविधा नहुदा त्यस क्षेत्रका किसानहरुले उत्पादन गरेको तरकारी वजार सम्म लैजान समस्या हुने गरेको छ ।