२०८३ कार्तिक १० गते सोमवार

रुकुम पूर्वकाे भुमेमा वृहत कृषि मेला प्रदर्शनी 

रुकुम पूर्व, ७ फागुन । रुकुम पूर्व   भुमे गाउँपालिकामा बृहत कृषि प्रदर्शनी हुने भएको छ । भुमे गाउँपालिकाको  कृषि सेवा केन्द्र रुकुम पुर्व र रुकुमेली समाज विकास केन्द्र, खाद्य  सुरक्षा तथा वातावरणमैत्री उद्यम प्रवर्द्धन परियोजनामा भुमे गाउँपालिकामा पालिका स्तरीय वृहत कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन हुने भएको हो ।  आगामी फागुन १२ र १३ गते दुई दिन सञ्चालन हुने उक्त प्रदर्शनी मेला भुमे गाउँपालिकाका कृषकले उत्पादन गरेका कृषि बाली बस्तुहरू – खाद्यान्न रैथाने बाली, दलहन, मसला बाली, फलफूल बाली, तरकारी बाली, हस्तकला, लघुउद्यम पशुपन्छीपालन लगायत आफूसँग उत्पादित बिभिन्न बाली बस्तुहरू प्रदर्शन गर्न सकिने छ ।

त्यस्तै प्रदर्शनको आधारमा उत्कृष्टलाई उचित पुरस्कारको ब्यवस्था पनि रहेको भुमे गाउँपालिका कृषि अधिकृत स्वतन्त्र राज चौधरीले बताउनु भएको छ । भुमे गाउँपालिका वडा – २ खाबाङ बगरको मारिङ बहुद्देश्यीय सहकारीको प्राङ्गणमा आयोजना हुने प्रदर्शनीको बाली तथा बस्तु दर्ताको लागि यही फागुन १२ गते शुक्रबार बिहान ८ बजे सम्मको समय दिइएको छ । त्यस्तै पुरस्कार वितरणको १३ गते शनिबार दिउँसो १ बजेको लागि तय  गरिएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।