तुलसीपुर, २ माघ । इलाका प्रशासन कार्यालय तुलसीपुरले राहदानीबाट झण्डै साढे ३ करोड रावश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९ साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ६ हजार ७७ वटा राहदानीबाट ३ करोड ४० लाख ४० हजार रुपैयाँ राजश्व संकलन भएको छ । राहदानी लिने मध्य २ हजार १ सय ५५ महिला र ३ हजार ९ सय २२ जना पुरुष रहेका कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिनुभयो ।
राहदानी लिनेको संख्या सबैभन्दा बढी साउन महिनामा एक हजार ३ सय ३८ जना छन् । त्यसैगरी भदौमा एक हाजार १ सय ५२, असोजमा ७ सय ३५, कार्तिकमा ८ सय १५, मंसिर ९ सय र पुसमा १ हजार १ सय ३७ रहेको छ ।
त्यसैगरी कार्यालयबाट वितरण गरिएको ४ हजार ५ सय ७६ वटा नागरिकता मध्य २ हजार पाँच सय ४५ महिला र दुई हजार ३१ पुरुष रहेका छन् । त्यस्तै ६ हजार ६ सय २१ जनाले हराएको नागरिकताको प्रतिलिपि लिएका छन् । कार्यालयको तथ्याङ्क अनुसार १५ हजार ८ सय ९९ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् भने हतियार नवीकरणबाट ४६ हजार ७ सय ५० र दण्ड जरिवानाबाट ५ हजार ६ सय ७० रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बुढाले जानकारी दिए ।





