फोटो फाईल
दाङ, २५ असोज । प्युठानमा गुडिरहेको बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही १२ बस्ने प्रकाश सुनारको छोरा अन्दाजी १० वर्षीय पुस्कर सुनार रहेको प्रहरीले जानकारी दिएको छ । शनिवार दिउँसो चार बजेतिर प्यूठान नगरपालिका ३ ओखरबोटस्थित बसको ढोकाबाट खसेर बालकको मृत्यु भएको हो ।
जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको बसको ढोकाबाट खसेका बालकलाई बसको टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनापछि प्रहरीले बस र बस चालक घोराही १२ बस्ने प्रेम गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।