सहकारीबाटै आर्थिक समृद्धि

संन्तोष केसी,तुलसीपुर २९ पस ।
शान्तिनगर गाउँपालिका ३ साउनेपानीमा रहेको शाउनेपानी कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा एबं दोस्रो अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुमान बहादुर वलीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यता र शान्तिनगर गाउँपलिकाका कार्यकारी अधिकृत निम बहादुर केसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा बक्तारुहले सहकारीबाटै आर्थिक समृद्धि बनाउन सकिने बताएका थिए । प्रमुख अतिथि डाँगीले स्थानीय तहलाई प्रदान गरिएको आधारमा सहकारीलाई ब्यबस्थित र मर्यादित बनाउने प्रतिबद्धता जनाए । साथै उनले शान्तिनगरलाई कृषि तथा पर्यटकीय स्थलको रुपमा बिकास गर्ने बताए ।

कार्यक्रममा शान्तिनगर ६ का अध्यक्ष रबी बुढाथोकी, ७ का अध्यक्ष पीमलाल वली, ५ का अध्यक्ष गिरीराज बस्नेत, ४ का अध्यक्ष धन बहादुर केसी, २ का अध्यक्ष फर्साराम वली, जुम्लेकुला बिद्यालयका प्र.अ. देव बहादुर केसी, यज्ञ बहादुर केसी, सोभाराम वली, कालुराम चौधरी, फमन बहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अबशरमा सहकारीले बिउ बिजन उत्पादन, कृषि उत्पादन सम्बन्धि तालिम, ऋण लगानी गर्दै आएको जानकारी दिईएको थियो । सहकारीमा ६३ जना सदस्य आबद्ध रहेका छन् । उदिम बहादुर वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण गोपाल मल्लले गरेको थियो ।

प्रकाशित मिति : २०७४ पुष २९ गते शनिवार
प्रतिक्रिया