२०८३ कार्तिक १० गते सोमवार

सल्यानमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

मिना बुढाथोकी ,पुष २६,सल्यान । सल्यानमा छैटौ कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव २०७४ आज बुधवार बाट सुरु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा आजबाट शुरु भएको महोत्सव ५ दिन सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवको उदघाटन प्रमुख अतिथि बिना विभागीय मन्त्री तथा सल्यान प्रदेशसभा सदस्य टेक बहादुर बस्नेतले पानसमा बत्ती बालेर गर्नु भएको छ । यस्तै महोत्सवलाई प्रदेशसभा ६का सदस्यद्दय प्रकाश ज्वाला र गुलाब जंग शाह लगायतकाले सम्बोधन गर्नु हुने छ । महोत्सबमा जिल्लाका कृषक उद्यमिहरुले उत्पादन गरेका खाद्यान्न बाली तथा बिभिन्न बालीका बिउ बिजन, तरकारी, फलफुल, दलहन नगदे बालीका साथै कृषि जन्यबस्तु, पशुजन्य, बनजन्य, घरेलु तथा साना उद्योगबाट उत्पादन गरिएका र हस्तकालबाट उत्पादन गरिएका सामाग्रीहरुको निशुल्क रुपमा अवलोकन गर्न ५२ वटा स्टलहरु राखिएको छ । कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु प्रदर्शनीका लागी राखिएको र उत्कृट कृषकहरुलाई पुरुषकृत समेत गरिने आयोजकले जनाएको छ । सल्यान उद्योग बाणिज्य संघ सल्यानको आयोजना तथा जिल्लामा क्रियाशिल बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाको सहयोग महोत्समा संचालन गरिएको आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : २०७४ पुष २६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।