२०८३ कार्तिक १० गते सोमवार

प्रविधिसंग जोडिदै किसान

तुलसीपुर, २९ मंसीर / तुलसीपुर उपमहानगरपालिकाले कृषि विकास बैंकको सहकार्यमा किसानहरुलाई प्रविधिसंग जोड्न थालेको छ । डिजिटल प्रविधिबाट किसानहरुलाई कृषि सम्बन्धी सम्पूर्ण जानकारी दिनका लागि केआओएस के मेसिन जडान गरेको छ । शुक्रबार कृषि शाखामा कृषि विकास बैंक तुलसीपुरका प्रमुख बाबुराम ज्ञवालीले नगरप्रमुख टीकाराम खड्कालाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो । मेसिन माफ्त किसानहरुले उत्पादन गर्न थालेका कृषि जन्य वस्तुको विवरण,हावापानी, तापक्रम, माटो, बजार भाउको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।

जिओ कृषि एप्समार्फत किसानहरुले उक्त डिजिटल प्रविधिमाफ्त जानकारी पाउन सक्ने जिओ कृषिका कार्यक्रम अधिकृत बबिन थापाले जानकारी दिनुभयो । जिओ कृषिमा तुलसीपुर क्षेत्रका एक सय ७९ जना किसानहरु आबद्ध रहेका छन् । किसानहरुले उक्त डिजिटल प्रविधिबाट रोग किरा नियन्त्रणका बारेमा समेत जानकारी पाउन सक्नेछन् । प्रविधिमा तरकारी, अन्न,फलफूल,माछा,पशुपालन सम्बन्धी समेत जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै तीन दिन भित्रको मौसमी विवरण जानकारी दिने तयारी समेत गरिएको छ।

नगरप्रमुख टीकाराम खड्काले तुलसीपुर,सुर्खेत र बुटवलको तरकारी ,फूलफूलको बजार भाउको विवरण सहित राख्न सके यहाँका किसानहरुले उत्पादन गरेका वस्तुहरुको बिक्रि वितरणमा सहज हुने बताउनुभयो । उहाँले डिजिटल प्रविधिमार्फत किसानहरुलाई कार्यक्रम नै आयोजना गरेर वितरण गरिने जानकारी दिनुभयो । कृषि शाखाका प्रमुख धनराज गौतमले अन्न धान,गहुँ,मकै अन्नबाली उत्पादन गर्ने किसानहरुलाई समेत जोडिने बताउनुभयो । किसानहरुले खेतबारीको माटो परीक्षण गरेर मल प्रयोगका बारेमा समेत जानकारी पाउन सक्ने बताइएको छ । जिल्लामा पहिलो पटक तुलसीपुर उपमहानगरपालिमामा डिजिटल मेसिन राखिएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।