२०८३ असोज २४ गते शनिवार

तुलसीपुरमा गहते खोलाले बगाउँदा ३ बर्षका बालकको मृत्यु

तुलसीपुर, २९ असोज । दाङको तुलसीपुरमा खोलामा बगेर ३ बर्षका बालकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराको श्रवण टोल निबासी जीवन बस्नेतका ३ बर्षका छोरा ललित बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । दिउँसो ११ बजे गहते खोला र पातुखोलाको दोभानमा आमाले लुगा धुने क्रममा बालक बगेको प्रहरीले बताएको छ ।

‘खोलामा लुगा धुँदै गरेकी आमाले छेउँमै खेल्दै गरेका बालककलाई नदेखेपछि खोजी गरिन । भेटिएनन । पछि सबैतिर खबर गरेर खोज्दै जाँदा करिब एक सय मिटर तल झ्याङमा मृत अवस्थामा भेटिए ।’ प्रहरी निरीक्षक केसीले भन्नुभयो ।

आमासंगै अर्की चार बर्षकी छोरी पनि संगै गएकी थिइन । खोलाको छेउँमा दुई .भाइबिना खेल्दै गरेपनि बालिकाले आमालाई तत्कालै भन्न नसकेको र आमाले पनि थाहा नपाएपछि दुःखद घटना भएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सहसचिव जया घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।