दाङ २४ असोज । नेपाल चिकित्सक संघ (एनएमए) दाङ शाखाको सचिवमा तुलसीपुर निवासी डा. हेमराज शर्मा चयन हुनुभएको छ । संघको नवगठित कार्यसमितिको अध्यक्षमा डा. बीपी भुसाल चयन हुनुभएको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. रमेश बस्नेत, उपाध्यक्षमा डा. बोम बीसी, सचिवमा डा. हेमराज शर्मा, सहसचिवमा डा. निरोज खनाल र कोषाध्यक्षमा डा. रोशन गुप्ता चयन हुनुभएको छ । त्यसैगरी, कार्यसमिति सदस्यमा डा. अच्युत न्यौपाने, डा. सुभाष लामिछाने, डा. सबिता विश्वकर्मा, डा. हिमांशु शाह र डा. दुर्गा बेलबासे रहनुभएको छ ।

संघको सल्लाहकारमा डा. अनिल यादव, डा. किशोर खत्री, डा. सुरेश रसाइली र डा. कुबेर रेग्मी रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपकुलपति प्रा. डा. अजयकुमार मिश्र सहभागी हुनुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिले चिकित्सकहरूको हकहित संरक्षण, पेसागत एकता सुदृढीकरण तथा जिल्लाको स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।