२०८३ कार्तिक १० गते सोमवार

तिहारका लागि अस्ट्रेलिया, अमेरिकालगायत देशमा मखमली फूलको निर्यात, सयपत्री भने अझै आयात गर्नुपर्ने बाध्यता

काठमाण्डौ, २८ असोज । तिहार नजिकिन थालेसँगै फूलको कारोबार सुरु हुन थालेको छ । विगतमा जस्तै यसपालि पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । यसपालि ६० लाख रुपैयाँ बराबरको मखमली फूल निर्यात हुने अनुमान छ । नेपालबाट हरेक वर्ष मखमली फूल अस्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा निर्यात हुँदै आएको छ ।

मखमली फूलको निर्यात गरे पनि सयपत्री फूलमा भने नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन । सयपत्री फूलमा आत्मनिर्भर बन्न भन्दै विभिन्न कार्यक्रम हुँदै आए पनि जनशक्तिको अभाव रहेकाले चुनौती रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव विश्वमणि पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यसपालि तिहारका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्रीका माला भारतबाट आयात हुँदैछ । सयपत्री फूलको माग हरेक वर्ष बढ्दो छ । तर, धेरैजसो युवा शक्ति विदेशिने र गाउँघरमा रहेकाहरु पनि सहर पस्ने प्रवृत्ति बढेकाले फूलको उत्पादन मागअनुसार बढाउन सकिएको छैन ।

वार्षिक कारोबारको ५० प्रतिशत फूल तिहारमा खपत हुने गरेको छ । तिहारमा फूलको कारोबार बढी हुने भए पनि त्यहीअनुसार उत्पादन भने हुन सकेको छैन । समय अनुकूल मिलाएर फूलको व्यवसाय गर्न सके प्रशस्त कमाइ हुने फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव पोखरेल बताउनुहुन्छ ।

केही वर्षयता फूल खेतीमा आकर्षण बढे पनि मल, बिउ नपाउँदा किसानलाई समस्या हुने गरेको छ । यसपालिको तिहारमा १० करोड रुपैयाँ बराबरका २० लाख सयपत्रीका माला खपत हुने अनुमान छ । यस्तै, दुई करोड बराबरका मखमलीका सवा ३ लाख माला खपत हुने एसोसिएशनको अनुमान छ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।