२०८३ असोज २४ गते शनिवार

नचिनेको च्याउ खाँदा दाङमा एकै घरका ५ जना बिरामी

तुलसीपुर, २७ गते भदौ । दाङमा नचिनेको च्याउ खाँदा एकै घरका ५ जना बिरामी परेका छन् । बिरामी हुनेमा तुलसीपुर –१६ ललौरा निबासी ३४ बर्षका बिनोद चौधरी, ३४ बर्षकी बसन्ता चौधरी, १६ बर्षकी कोपिला चौधरी, १२ बर्षकी प्रभा चौधरी र ५५ बर्षका माघे चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वारले जानकारी दिनुभयो ।

आइतबार राति ८ बजे घर नजिकै राखेको परालमा उम्रेको च्याउ पकाएर खाँदा उनिहरु बिरामी परेका थिए । बिरामी भएका उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।च्याउ खाए लगत्तै लगातार बान्ता हुन थालेपछि उनिहरुलाई अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।