काठमाडौँ,१७ भदौ । चालू आर्थिक वर्षको साउन महिनामा विदेशबाट ९२ लाख किलोग्राम स्याउ भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९र८० को साउन महिनामा उक्त परिमाण बराबरको ६९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको स्याउ भित्रिएको हो । आयातकर्ताले उक्त मूल्य बराबरको स्याउ आयात गर्दा राज्यलाई १० करोड २ लाख रुपैयाँ बराबरको राजश्व बुझाएका छन् ।
यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको छ । विभागका अनुसार भारतबाट ४३ करोड ५० लाख बराबरको ६५ लाख कित्ता स्याउ भित्रिएको छ । यस्तै, चीनबाट २६ करोड ३७ लाख रुपैयाँ बराबरको २६ लाख ९२ हजार किलोग्राम स्याउ भित्रिएको छ । भारतबाट स्याउ आयात हुँदा राज्यकोषमा ६ करोड १२ लाख रुपैयाँ र चीनबाट आयात हुँदा राज्यकोषमा ३ करोड ८९ लाख रुपैयाँ राजश्व जम्मा भएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।