काठमाडौँ, १४ भदौ । नेपालमा जुटको उत्पादन निरन्तर ओरालो लागेको छ । कृषि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार १० वर्षयता जुटको खेती र उत्पादन दुवै घटिरहेको छ । सन् २०१० मा ११ हजार हेक्टर क्षेत्रफलमा हुने जुटखेती अहिले झण्डै सात हजार हेक्टरमा खुम्चिएको छ । खेती कम हुँदा उत्पादन समेत सोेही अनुपातमा घटिरहेको केन्द्रले जनाएको छ । १० वर्षअघीसम्म १५ हजार मेट्रिक टन जुट उत्पादन हुने नेपालमा अहिले १० हजार मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । कच्चा पदार्थ अभावका कारण अधिकांश जुट उद्योग बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका समेत धरासायी बन्दै गएको उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताउनुभयो । कुनै समय निर्यात हुने मुख्य वस्तुमा गनिने जुट अहिले कच्चा पर्दा समेत आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । नेपालमै जुट खेती नबढाएसम्म उद्योगको अवस्था सुधार गर्न नसकिने उहाँले बताउनुभयो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।