२०८३ कार्तिक १० गते सोमवार

धानबालीमा विभिन्न किरा लाग्न सक्ने भएकाले नियमित अनुगमन गर्न सुझाव

काठमाडौँ, १० भदौ । अहिले धानबालीमा विभिन्न किरा लाग्न सक्ने समय भएकाले नियमित अनुगमन गर्न कृषि विज्ञले सुझाव दिएका छन् । यसपाली गत वर्षको तुलनामा कम रोपाई भएको छ । यसले धान उत्पादनमा पनि कमि आउँने अनुमान गरिएको छ । तर बालीमा लाग्ने किराको अनुगमन अहिले नै गर्दा उत्पादन बढाउन सकिने कृषि विज्ञले बताएका छन् । राष्ट्रिय किट अनुसन्धान केन्द्रको वैज्ञानिक सुदिपकुमार उपाध्यायले अहिले गबारो किरा देखिने र विस्तारै पातबेरुवा किरा देखिने भएकाले अनुगमनमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले बालीमा किरा देखिए कृषि प्राविधिकको सहयोगले औषधि हाल्न पनि सकिने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।