तुलसीपुर,२ भदौं । तुलसीपुर ८ कट्कुईयामा किसानले लगाएको धान बालीमा देखिएको रोग नियन्त्रणका लागि विषादी छर्ने काम सुरु गरिएको छ । बिहिबार किसानले लगाएको धान बालीको स्थलगत निरीक्षण गर्दै वडा अध्यक्ष धर्मराज वली,कृषि अनुसन्धान केन्द्रका वाली रोग विशेषज्ञ डा.नरेश डाँगी र तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्राविधिक कुलराज चौधरी लगाएतको टोलीले किसानका खेतमा पुगेर निरीक्षण गरेका छन ।
निरीक्षणका क्रममा बढि मात्रामा रोग भेटिएको स्थानमा विषादी परीक्षणका लागि किसानलाई छर्न लगाइएको कृषि शाखा प्राविधिक चौधरीले जानकारी दिनुभयो । केहि समय अगाडि किसानले वडा कार्यालयमा गएर धान वालीमा रोगको प्रकोप फैलिन थालेको बारे वडा अध्यक्षलाई जानकारी गराएका थिए । सोहि आधारमा वडा अध्यक्ष धर्मराज वली र तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्राविधिक कुलराज चौधरी लगाएको टोलीले रोग लागेको धान वालीको निरीक्षण गर्नुभएको थियो । स्थलगत निरीक्षणका क्रममा धान किसानले लगाएको वालीमा ब्लास्ट रोग र छड्के किरा प्रकोप देखिएको कृषि शाखा प्राविधिक चौधरीले जानकारी गराउनुभएको थियो । धान वालीमा केहि समय यता रोगको प्रकोप अत्याधिक बढ्दो क्रममा रहेको किसानले जानकारी दिएका छन ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।