२०८३ कार्तिक १० गते सोमवार

१२ प्रकारका तरकारीको ४६ वटा नमुनामा अत्यधिक विषादी फेला

काठमाडौँ, २ भदौ । गत आर्थिक वर्षमा देशभरका प्रयोगशालामा गरिएको परिक्षणबाट १२ प्रकारका तरकारीको ४६ वटा नमुनामा अत्यधिक विषादी फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशालाले गरेको उक्त परीक्षणका क्रममा गोलभेँडा, काउली, रायोको साग लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी फेला परेको हो । प्रयोगशालाको तथ्याङ्क अनुसार यस अवधिमा काउलीका दुई सय ७६ वटा नमुना परिक्षण गरिएकोमा सात वटा नमुनामा खान नमिल्ने विषादी फेला परेको थियो । त्यस्तै साग, खुर्सानी र गोलभेँडाका पनि सात÷सात वटा नमुनामा पनि अत्यधिक विषादी भेटिएको प्रयोगशालाका वरिष्ठ प्राविधिक राजिव दास राजवंशीले जानकारी दिनुभयो । विभिन्न ३३ जिल्लामा गरिएको उक्त परिक्षणका क्रममा बढीजसो बेमौसमी तरकारीमा धेरै बिसादी पाईएको भन्दै उहाँले सचेत हुन उपभोक्तालाई आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।