२०८३ कार्तिक १० गते सोमवार

गरिबबाट मुक्त हुन नखोज्नु हाम्रो कम्जोरी हो : पूर्व मेयर पाण्डे

तुलसीपुर, १९ साउन । तुलसीपुर उपमहानगरपालिका पूर्व मेयर घनश्याम पाण्डेले गरिबाट मुक्त हुन नखोज्नु नै कम्जोरी भएको बताउनु भएको छ । ग्रीन फाउण्डेसन नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको उद्यमशिलता विकास अभिमुखिकरण तथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मेयर पाण्डेले यस्तो बताउनु भएको हो । ‘धनी, गरिब, ब्राहमण, क्षेत्रि, दलित, जनजातीमा जन्मीनु दोष होइन । दोष त्यो हो जुन व्यक्ति समस्याबाट मुक्त हुन खोज्दैन । जुन व्यक्ति गरिबाट मुक्त हुनका लागि कुनै उद्यम वा इलम गर्दैन त्यो नै उसको ठूलो कम्जोरी हो ।’ पाण्डेले भन्नुभयो ।

उद्यमशिलताको माध्यमबाट मात्रै समाज र देश समृद्धिको बाटोमा अघि बढ्ने बताउँदै पाण्डले त्यसका लागि प्राकृति स्रोत र साधनहरुको प्रचुर मात्रामा सदुपयोग गरेर स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । ग्रीन फाउन्डेसन नेपाल दाङ शाखा अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका– १३ नम्बर वडाध्यक्ष मोहन पौडेल, जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत, स्थानीय सामुदायिक बन उपभोक्ता महासंघ तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर वली, रक्षा काफ्ले, उद्योग बाणिज्य संघ तुलसीपुरका उपाध्यक्ष रुप बहादुर खत्री लगाएतको बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण फाउण्डेसनका कोषाध्यक्ष केपी भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।