२०८३ कार्तिक १० गते सोमवार

दूध उत्पादन बढाउनका लागि स्थानीय तहसँग समन्वय गरेर सरकार अघि बढ्दै

काठमाडौँ, साउन १६ । सरकारले नेपाललाई दूधमा आत्मनिर्भर बनाउनेतिर लागिरहेको दाबी गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा देशभर २४ लाख लिटर दूध उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७८÷७९ मा यो सङ्ख्या बढेर २६ लाख लिटर पुगेको  जनाएको छ । वभागका वरिष्ठ पशुुविकास अधिकृत डा.चन्द्र ढकालले दुूध उत्पादन बढाउनको लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढेको बताउनुुभयो । उत्पादन भएका दूध स्थानीयस्तरका बजारमा जाने र १५ देखि १७ प्रतिशत दूध मात्र औपचारिक रुपले ठूला बजारसम्म पुग्ने गरेको उहाँको भनाइ छ । यस्तै दुुग्ध विकास संस्थानका निमित्त उपमहाप्रवन्धक राजेन्द्र प्रसाद अधिकारीले भने बजारको माग अनुुसार आपुर्ति भने गर्न नसकिएको बताउनुुभयो । एक जनालाई वार्षिक ९१ लिटर दुूध आवश्यक पर्ने भएपनि ८० लिटरसम्म मात्र उपलब्ध हुन सकेको सरकारी तथ्याङ्क छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।