तुलसीपुर,४ साउन । अहिले फेरी नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । शुन्य अवस्थामा झरेको कोरोना संक्रमण दर पछिल्लो समय दैनिक करिव चार सयदेखि पाँच सय बढि ब्यक्तिलाई कोरोना पुष्टि हुने गरेको छ । तर भिडभाड हुने बजारमा भने खुलेयाम मास्क विना सर्वसाधारण नागरिक हिडिरहेको पाईन्छ । पछिल्लो समय बजारमा होस या कुनै सभा सम्मेलनमा नागरिकले मास्क लगाउने बानी छाडिसकेका छन ।
त्यो आपतकालिन समय बिर्सिएर नागरिक अहिले सामान्य जिवन यापनमा फर्किदै गर्दा नेपालमा फेरी कोरोना संक्रमित दर बढ्ने क्रममा छ । कोरोनाको खोप लगाई सकेका प्राय नागरिकको सोचाई भने अब केहि हुदैन भन्ने रहेको तुलसीपुर उपमहामनगरपालिका ९ सल्लीवन निवासी तिलक बहादुर डाँगीले बताउनुभएको छ । यस्तै अर्का तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँ निवासी लाल बहादुर चौधरीले पनि मास्क लगाउन पछिल्लो समय छाडि सकेको बताउनुभयो । कोरोना दर क्रमसः बढिरहेको भएपनि उहाँले चेताना अभाव कारण नागरिक मास्क प्रयोग नगरेको बताउनुभयो ।
कोरोना खोप लगाई सकेका नागरिकले भिडभाडमा होस या जम्का भेट मास्क विना मजाले भेट गर्ने गरेका छन । कोरोना फेरी बढ्दै गर्दा कतिपय नागरिकलाई भने ससङकित बनाएको छ । दुई वटा सम्म खोप लगाएका धेरै नागरिक तेस्रो खोप बारे बेखबर रहेको तुलसीपुर उपमहानगरपालिका ७ निवासी टेक बहादुर बस्नेतले बताउनुभयो । यता तुलसीपुर उपमहानगरपालिकाका जन स्वास्थ्य शाखा निरीक्षक बिमले केसीले अहिले कोरोनाको लक्षण देखिएका बिरामीको मात्र कोरोना प्ररीक्षण गरीरहेको बताउनुभयो । कोरोनाबाट बच्न एक मात्र विकल्पको रुपमा मास्क प्रयोग,सरसफाईमा ध्यान दिने र कोरोना विरुद्ध खोप अनिवार्य लगाउनु पर्ने बतानुभयो । भिडभाड होस या सभा–सम्मेलनमा जादा कोरोनाबाट बच्न मास्कको प्रयोग गर्नुपर्ने देखिन्छ । सम्बन्धित निकायले पनि रोग लाग्नु भन्दा रोग लाग्न नै नदिने बारे सर्वसाधारण नागरिक समक्ष चेताना जगाउँने कार्य बेलैमा गर्नुपर्ने देखिन्छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।