देउखुरी, ३१ साउन । नेपाल रेडक्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा डेंगु रोगको रोकथाम तथा बच्ने उपायसम्बन्धी अभिमुखीकरण कार्यक्रम लमहीमा सम्पन्न भएको छ। देउखुरी क्षेत्रका लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायक र स्वयंसेवक गरी ३० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसी र लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीना भुसालले डेंगु रोगका कारण, रोकथामका उपाय तथा सरकारी रणनीतिबारे जानकारी दिनुभएको थियो ।
जुनियर युवा रेडक्रस दाङका संयोजक भीमलाल मरासिनीको अध्यक्षता तथा रेडक्रस दाङका मन्त्री प्रकाश श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख विश्राम अधिकारीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार





