तुलसीपुर,१८ चैत । जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्य अवधी सकिन अब केहि महिना मात्रै बाँकी छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका उनीहरुको कार्यअवधी सकिदै छ भने आउदो बैशाख ३० गते नयाँ जनप्रतिनिधिको लागी निर्वाचन हुदैछ । यो अवधी सम्म अहिलेका जनप्रतिनिधिहरुले जनताको कति काम पुरा गरे , कति काम पुरा गर्न सकेका छैनन । अहिले उनीहरुको कामको मुल्याङकन सुरु हुन थालेको छ । २०७४ सालको स्थानिय तहको निर्वाचन पछि जनप्रतिनिधिहरु अहिले गाउँगाउँमा छन । विकास निर्माण देखी हरेक समस्या राख्न र भन्न नागरिकलाई सहज पनि भएको छ । जनप्रतिनिधि आईसकेपछि विगतको तुलनामा अहिले धेरै विकास पनि भएको नागरिकको बुझाई छ ।
तुलसीपुर ९ का स्थानिय बिरबहदुर डाँगीले पहिलाको भन्दा बाटो,नाला,शिक्षा,विद्युत,खाने पानीको सुविधा लगाएतका विकाश निर्माणका कामले खुशी भएको बताउनुभयो । स्थानिय तहमा जनप्रतिनिधि आईसकेपछि त्यहा मात्रै नभई हरेक गाउँँ देखी शहर सम्म थुप्रै विकास भएका छन् । सडकबाटो, शिक्षा,स्वास्थ्य, सिचाई ,खानेपानी लगाएतका विकासले फड्को मारेका छन् । यति धेरै विकास भईरहदा अझै पनि कतिपय ठाउँमा भने विकासले फड्को मार्न सकेको छैन । थानिय सरकार आईसकेपछि गाउँठाउँको विकासले मुहार फेर्ला भन्ने आशा गरेका कतिपय ठाउँका नागरिकहरुले विकासको अनुभुती गर्न पाएका छैनन । विकाशका नाममा साविक बाटो फराकिलो,ग्राभेल र एक दुई ठाउँमा नाला निर्माण बाहेकका काम नभएको स्थानिय प्रकाश पौडेलले बताउनुभयो ।
तुलसीपुर ८ र ९ अन्र्तगत पर्ने कट्कुयाँ, नयाँबस्ती,हात्तीगौडाको बाटोको अवस्थाले झनै उहाँ निकै सास्ती पाएको गुनासो गर्नुभयो । जनताबाट जननिर्वाचित भएका जनप्रतिनिधिहरुको अब कार्यअवधी सकिन केहि महिना मात्रै बाँकी रहेको छ । उनीहरुले निर्वाचनका बेला जनता सामु थुप्रै प्रतिवद्धता जनाएका थिए । अहिले सबै प्रतिबद्धता पुरा गर्न नसके पनि धेरै जसो काम पुरा गरेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले दावी गर्नुभयो । स्थानिय तहमा जनप्रतिनिधि आईसकेपछि विगत र अहिलेमा केहि परिवर्तन भने पक्कै भएको छ । तर जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न नसक्दा जनताहरु सन्तुष्टी देखीएका छैनन । अझै पनि कतिपय गाउँबस्तीमा विकास हुन सकिरहेको छैन । निर्वाचनका बेला जनता सामु एउटा बोल्ने र काम अर्को गर्ने प्रबृत्तिका कारण जनताले दुःख पाउने गरेका छन् ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।