सांकेतिक फाईल फोटो
तुलसीपुर,१९ फागुन । पाल्पामा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रम्भा गाउँपालिका १ बस्ने ३३ वर्षीय पवन थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । फागुन ९ गते सोमबार जिल्लाको रम्भा गाउँपालिका १ पन्टार स्थित दमाईटोलबाट पन्टार तर्फ जादै गरेको लु ७९ प १०९८ नम्बरको मोटरसाइकल सडकबाट अनियन्त्रित भई दुर्घटना हुँदा थापा घाइते हुनु भएको प्रहरीको भनाई छ । घाइते उहाँको लुम्बिनी मेडिकल कलेजबाट बुटवल चौराहा अस्पताल रिफर भएकोमा उपचारका क्रममा आज बिहिवार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार





