काठमाण्डौं,११ साउन । आज सुन–चाँदीको भाउ बढेको छ । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८७ हजार १०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदी ३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४ सय १० रुपैयाँमा थियो ।
प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार





