२०८३ साउन ११ गते सोमवार

काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल ५ वटै खेलमा पराजित

काठमाण्डौं,११ साउन । पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल लिग चरणका ५ वटै खेलमा पराजित भएको छ । आज भएको उज्वेकिस्तानसँगको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भयो । उज्वेकिस्तानले पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जित्यो ।

नेपाल पहिलो खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग ३–२, तेस्रो खेलमा पाकिस्तानसँग ३–० र चौथो खेलमा बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । ६ वटा सहभागी प्रतियोगिताका शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।च्याम्पियनशिपको फाइनल खेल पर्सि बुधवार १३ गते हुनेछ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया