ईलाका प्रशासनबाट ११ हजार बढिले नागरिकता र परिचय पत्र बनाए

फाईल फोटो

तुलसीपुर,६ माघ । ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ हजार बढिले नागरिकता र राष्ट्रिय परिचय पत्र बनाएका छन । कार्यालयका शाखा अधिकृत जनक भण्डारीका अनुसार चालु आर्थिक वर्षको पौष मसान्त सम्म ११ हजार ९ सय ३१ जनाले नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्र बनाएका छन । ती मध्ये राष्ट्रिय परिचय ३ हजार ३ सय ७७ जनाले बनाएका छन् भने ६ हजार ५५ जनाले नयाँ नागरिकता र दुई हजार चार सय ९९ जनाले प्रतिलिपि बनाएको शाखा अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

पछिल्नो समय नागरिकता बनाउने सेवाग्रीहको संख्या बढेको छ । विगतको तुलनामा पछिल्नो समय मतदाता नामावली लगाएत नेपाली नागरिकता बनाउनेहरुको संख्यामा बृद्धि भएको उहाले बताउनुभयो । कार्यालयमा अन्य सेवा भन्दा नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीहरुको संख्यामा भिड लागेको हो । दैनिक कार्यालयमा सेवाग्रहीहरुको भिड लाग्ने गरेको उहाले बताउनुभयो । पछिल्लो समय सेवा लिन जाने ग्राहीको संख्या बढ्दै गर्दा कोरोनाको जोखिम पनि उत्तिकै बढेको छ । कतिपय सेवा लिन जाने सवाग्राहीहरु भौतिक दुरी कायम नगरी बस्ने देखि मास्क नलगाई सेवा लिन जादा ब्यवस्थापन गर्न समस्या भएको ईलाका प्रशासन कार्यालयले तुलसीपुरले जनाएको छ । जिल्ला प्रशान कार्यालय दाङले भने यस अघि नै कोरोना महामारीका बारेमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया