काठमाडौं, २ माघ । बाह्रौं राष्ट्रिय जनगणनाको प्रारम्भीक तथ्याङ्ग आउन अझै २ महिना लाग्ने भएको छ । जिल्ला जिल्लामा सङ्कलन गरिएको तथ्याङ्ग अहिले केन्द्रीय तथ्याङ्ग विभागसम्म आइपुगेको विभागले जनाएको छ ।
विभागले अहिले तथ्याङ्ग अद्यावधीक गर्नका लागि कर्मचारी भर्ना प्रक्रिया पुरा गरेको र कर्मचारी भर्ना गरिसकेपछी अद्यावधीको काम सुरु हुने विभागका सुचना अधिकारी तिर्थराज चौलागाईले सीआईएनलाई जानकारी दिनुभयो । जनगणनाको पूर्ण नतिजा आउन अझै ६ महिना लाग्ने समेत विभागले जनाएको छ । सरकारले गएको कार्तिक २५ देखि मंसिर ९ गतेसम्म बाहै राष्ट्रिय जनगणना गरेको थियो ।
प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।