तुलसीपुर,९ पौष । दाङको घोराही कारागारबाट कैदीबन्दी भगाएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरिएको छ । छालाको उपचार गर्न अस्पताल लगिएका राजपुर गाउँपालिका वडा नम्बर ३ बेलाका २८ वर्षीय यमराज परियारलाई भगाएको आरोपमा प्रहरी जवान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई परियार ७ वर्ष कैद भुक्तान गरी सकेका थिए ।
बिहिबार कारागारबाट प्रहरी जवान धन बहादुर चौधरी संगै लु ३४ प ४१० नम्बरको पल्सर मोटरसाइकल चढेर गएका परियार सोहि मोटरसाइकल लगेर भागेको प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्ले जानकारी दिनुभयो । प्रहरी जवान चौधरीले कैदी भागेको जानकारी अपरान्ह् ४ बजेमात्रै गराएका कारण मिलेमतोको आशंका गरिएको छ । उक्त घटना बारे पुष्टि भइ नसेकाले थप अनुसन्धान जारी रहेको र फरार कैदीबन्दीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।