२०८३ कार्तिक १४ गते शनिवार

तुलसीपुरमा नामावली बनाउँने मानिसहरुको चाप बढ्यो

तुलसीपुर,९ पौष ।  ईलाका प्रशासन कार्यालय तुलसीपुरमा केहि दिन यता मतदाता नामावली बनाउने नागरिकहरुको भिड लाग्ने गरेको पाइएको छ । कार्यालयमा दिनहुँ जसो भिडभाड हुदा नागरिकहरुलाई पालो पाउन मुस्किल पर्ने गरेको छ । मतदाता परिचय पत्र बनाउने ठाउँमा भिडभाड अत्यधिक रहेको छ । तुलसीपुर ४ खाद्रेका प्रकाश थापाले घण्टौ समय लाग्दा पनि पालो पाउन नसकेको बताउनुभयो । भिडभाड हुने भएपनि मतदाता नामावली बनाउने नागरिकहरु विहानै देखी लाईन बस्नु पर्ने बाध्यता रहेको उहाको गुनासो छ । लाईन पनि व्यवस्थित नहुदा आफुहरु समस्यामा परेको उहाको भनाई छ ।

कार्यालयमा पछिल्नो समय सेवाग्राहीहरुको चाप बढेको छ । मतदाता नामावली देखी नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको भिड बढेको कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले बताउनुभयो । यसलाई व्यवस्थित गर्नका लागी पहल भईरहेको उहाले बताउनुभयो । पछिल्नो समयमा सेवाग्राहीहरुको चाप बढेपछि समस्या भएको उहाको भनाई छ । नागरिकहरुको सहजताका लागी अहिले जिल्लाका दश वटै पालिकाबाट मतदाता नामावली संकलनको काम भईरहेको छ ।

जिल्लाका सवै पालिकामा नागरिकहरुको भिडभाड हुने गरेपनि तुलसीपुरमा बढि भिड हुदा समस्या देखीएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराई बताउनुभयो । एक -दुई दिनमै समस्या समाधान गर्ने गरी तयारी भएको उहाको भनाई छ । स्थानिय चुनावको चर्चा चले संगै नागरिकहरु मतदाता परिचय पत्र बनाउन उत्साहित देखीएकाका कारण पछिल्नो समय सेवाग्राहीको भिड बढेको उहाले बताउनुभयो । मतदाता परिचय पत्र बिना भोट हाल्न नपाईने भएपछि उनीहरु नामावली बनाउन सक्रिय देखीएका छन् । तर मतदाता नामावली सेवा व्यवस्थित र प्रभावकारी नहुदा नागरिकले सास्ती पाउन थालेका छन् ।

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।