२०८३ कार्तिक १४ गते शनिवार

माओवादी प्रदेश २ को बन्दसत्र स्थगित

दाङ ३ पौष । नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको छ । शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र विवादका कारण स्थगित भएको हो । अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।

प्रायः जिल्लाबाट तोकिए भन्दा बढी प्रतिनिधि आएको हुनाले सो समस्या समाधान नहुन्जेलसम्मका लागि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको उहाँले बताउनु भयो । यता अधिवेशनबाट २४१ सदस्यीय प्रदेश २ समिति बनाउने गृहकार्यमा जुटेको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने छ भने प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार र विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मत अनुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको उहाँको भनाई छ । भोलि हुने बन्दसत्रले २४१ सदस्यीय समिति चयन गर्नेछन् भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।