२०८३ कार्तिक १४ गते शनिवार

नेपाल विद्युत प्राधिकरण काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्म बन्द

फाईल फोटो

काठमाण्डौ,१ पौष । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् । बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम–पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।