२०८३ कार्तिक १४ गते शनिवार

तुलसीपुरको एक इट्टा भट्टाबाट युवक वेपत्ता

तुलसीपुर,२६ मंसीर । तुलसीपुरको हेमन्तपुर नजिकै रहेको एक इट्टा भट्टाबाट युवक वेपत्ता भएका छन । एबीसी इट्टा भट्टामा काम गर्दै आएका घोडाघोडी नगरपलिका–२ शिरानगर बस्ने अन्दाजि २९ वर्षीय जनकलाल चौधरी गत बुधबार बिहानदेखि बेपत्ता भएको उहाँका भाइ मुन्नाराज चौधरीले जानकारी दिनुभएको छ । गत कातिक २२ गतेदेखि इट्टा भट्टामा मजदुरीगर्दै आएका चौधरी एका एक सम्पर्कविहिन भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेपत्ता भएका ब्यक्ति गहुँगोरो भएको, कपाल लामो भएको, कालो ज्याकेट लगाएको,रातो जुत्ता लगाएको,सुस्तमनिस्थीती भएको र राम्रो संग नाम र ठेगाना भन्न नसक्ने अवस्थाका छन । साथै उहाँले बेपत्ता भएका दाजुलाई फेला पारेमा नजिकको प्रहरी चौकी वा ९८६८८०३७७०,०८२५२१८८० मा सम्पर्क गरिदिनुहुनु आग्रह गर्नुभएको छ । उहाँले प्रहरीलाई समेत जानकारी गराएको जानकारी दिदै कहि कतै कसैले देखेमा खबर गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।