जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

सांकेतिक फोटो

काठमाण्डौ,१६ मंसीर । धनुषामा भतिजी नाता पर्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विदेह नगरपालिका –४ ढाडीका ३० वर्षीय जीतेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जीतेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया