तुलसीपुर, ३० कात्तिक । बन्दकर्ताले तुलसीपुरका जेब्रा क्रसिंङमा रङ लगाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा एक दिने नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जेब्रा क्रसिंङमा रङ लगाएको तुलसीपुर उपमहानगरपालिका–५ का पार्टी वडा इन्चार्ज इश्वरी पाण्डेले जानकारी दिनुभयो ।
मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने सरकारका बिरुद्ध चरणबन्द आन्दोलनका कार्यक्रमहरु गर्दै आएको बताउँदै इन्चार्ज पाण्डेले रङ खुइलिएका जेब्रा क्रसिंङमा रङ लगाएको बताउँनुभयो । पार्टीले तुलसीपुर सहित पर्सेनीका सडकमा पनि रङ लगाएको छ ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले कुनै पनि व्यक्तिको सवारी साधन माओवादी पार्टीले नियन्त्रणमा नलिएको दाबी गर्नुभयो । सडकमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न सवारी साधनको अति चाप हुने बजारका मुख्य भागमा नागरिकलाई बाटो वारपार गर्न सहजताका लागि मुख्य चोकमा जेब्रा क्रसिंङ बनाउने गरिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।