२०८३ कार्तिक १४ गते शनिवार

शिक्षा मन्त्रालयका उपसचिव अर्यालको निधन

सांकेतीक फाईल फोटो

काठमाडौं २७ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज विहान निधन भएको छ । उहाँलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए ।

मन्त्रालयका निमित्त सचिव डा।हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।