तुलसीपुर, २२ कात्तिक । पश्चिम दाङका तिन जना असहाय तथा पिडित व्यक्तिलाई देउसी भैलोबाट संकलित रकम सहयोग गरीएको छ । २०७८ सालको तिहारमा देउसीभैलो खेलेर संकलन भएको ६० हजार रुपैया उनीहरुलाई सहयोग गरीएको अधिकारकर्मी तथा महिला नेतृ राधिका परियारले जानकारी दिनुभयो । शान्तिनगर ३ भलानेटी निबासी मृगौला पिडित देब बहादुर दर्लामी ,सोहि ठाउँका रुखबाट लडेर अपांग हुनु भएका भक बहादुर खत्री र वडा नम्वर २ कालिदमार बस्ने मृगौला पिडित २७ बर्षिया हरि कमारी बिकलाई जनही २० हजारका दरले आर्थिक सहयोग गरिएको उहाले जानकारी दिनुभयो ।
तिनै जनाको लागी सहयोगार्थ खेलीएको भैलो कार्यक्रमबाट संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।सानो सहयोगले पनि स्वास्थ्य उपचारमा केहि सहयोग पु¥याउने उद्देश्यका साथ आफुहरुले भैलोबाट संकलित रकम सहयोग गरेको उहाले बताउनुभयो । साथै उहाले देउसीभैलोमा सहभागी भई साथ दिने सबैमा आभारकप्रकट समेत गर्नुभएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।