२०८३ कार्तिक १४ गते शनिवार

सल्यानमा भएको बस दुर्घटना प्रति तुलसीपुरका मेयरद्धारा दुःख व्यक्त

तुलसीपुर, २१ कार्तिक । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले १२ जनाको ज्यान जानेगरी सल्यानमा भएको बस दुर्घटनाको खबरले मर्माहत एवं स्तब्ध बनाएको बताउनु भएको छ ।

आज एक शोक विज्ञप्ती जारी गर्दै नगर प्रमुख पाण्डेले सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा भएको बस दुर्घटनामापरी मृत्यु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

साथै घटनामापरी घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमिहुन नदिन र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसंग माग समेत गर्नुभएको छ । तयसैगरी देशका विभिन्न स्थानहरुमा दिनदिनै हुने सवारी दुर्घटनाबाट भइरहेको जनधनका क्षति न्यूनिकरण गर्न सम्वन्धित सबैको गम्भीर ध्यानाकर्षण समेत गराउनुभएको छ ।

सल्यानको जैतेपानीबाट तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा बिहान करिब साढे ११ बजे दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।