२०८३ कार्तिक १४ गते शनिवार

काठमाण्डौमा ९ बजे पछि देउसीभैलो खेल्न रोक

फाईल फोटो

काठमाण्डौ,१७ कात्तिक । काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो । प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न पनि अनुरोध गरेको छ ।

देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न प्रशासनले भनेको छ । पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार र बिक्री वितरण नगर्न भनिएको छ । मठमन्दिर, गुम्बालगायतका स्थलमा भीडभाड नगर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।