तुलसीपुर, १५ कात्तिक । युवा नेता सुरेस रावतले मानव सेवा आश्रमका ३५ जना असाहाय तथा गरिबलाई एक छाक खाना खुवाएर जन्मदिन मनाउनु भएको छ । राष्ट्रिय युवा परिषद दाङका अध्यक्ष तथा ग्रिन फाउण्डेशन नेपाल दाङ शाखाका सचिव समेत रहनु भएका रावतले जन्मदिनको अवसरमा तुलसीपुर ६ गाईडहरमा रहेको मानव सेवा आश्रममा आश्रय लिएर बसेका ३५ जनालाई सोमवार विहान खाना खुवाउनु भएको हो । फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा गरिब ,दिनदुखीलाई सेवा गर्नु नै मानविय धर्म भएकाले आफुले आश्रमका असाहायलाई खाना खुवाएको उहाले बताउनुभयो ।
जन्मोत्सवमा पाटी प्यालेस तथा घरमा फजुल खर्ज गर्ने प्रवृत्ति आफुलाई उपयुक्त नलागेको हुदा सामाजिक कार्यमा उक्त रकम लगानी गरेको उहाले बताउनुभयो । विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहनु भएका युवा नेता रावतले आफनो सानो सहयोगले आश्रमलाई केहि राहात हुने भन्दै खाना खुवाएको बापत आश्रम संचालक उर्विन सापकोटालाई आठ हजार रुपैया नगद हस्तान्तरण गर्नुभएको हो ।सहयोग रकम ग्रहण गदै आश्रम संचालक सापकोटाले रावतलाई जन्मदिनको अवसरमा खादा ओढाएर शुभकामना दिदै धन्यावाद ज्ञापन गर्नुभएको हो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।