जेष्ट नागरिकको सिटमा युवायुवति बसेको गुनासो !

तुलसीपुर,२ असार । तुलसीपुर क्षेत्रका जेष्ठ नागरिकले जेष्ट नागरिक लेखेको बसको सिटमा युवायुवतिहरु बसेको गुनासो गरेका छन् । जीवनको उत्तराद्र्धमा आइपुग्दा आफुहरुको सहारा लौरी र चस्मा भएको बताउँदै यात्राका क्रममा बसमा चढ्दा सिट नपाउने गरेको बताउँदै जेष्ट नागरिकलाई सुरक्षीत यात्राको व्यवस्था, निशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक र सामुदायि वन समूह र विभिन्न संघसंस्था संगको सयुंक्त बैठकमा सहभागीले लैङगीङ मैत्री बजेटको व्यवस्था, असाय तथा विपन्न महिलाहरुका लागि निशुल्क कानुनी सयहोगका लागि वकीलको व्यवस्था गर्नुनर्पे बताए । त्यसैगरी उनिहरुले अपांगता भएका महिलाहरुको आत्मरक्षाका लागि तालिमको व्यवस्था, निशुल्क कृतिम अंगहरुको व्यवस्था, निशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गरिएको थियो ।

त्यसैगरी वन समूहका पदाधिकारीहरुले संरक्षण उपभोक्ताले गर्ने र काट्दा वनलाई सोध्ने कुराको अन्त्यका लागि वन समहासंघ तथा उपमहानगरपालिकाले ठोस नीति ल्याउनु पर्ने बताए । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघ दाङका सदस्य नेत्रमणी शर्मा, तुलसीपुर वन महासंघका अध्यक्ष चन्द्र बहादुर वली, महिला नेतृ शुष्मा गिरी, अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अधयक्ष शुरमा बस्नेत, मायालु सामुदायिक वन समूहका अध्यक्ष साइराम चौधरी, राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्मा, जेष्ठ नागरिक खुमानन्द अधिकारी, सामाजिक अभियन्ता टोपबहादुर महतारा, कल्पना चौधरी लगाएतले आगामी नीति तथा कार्यक्रमा आफुहरुले राखेको माग समेट्नु पर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया