तुलसीपुरका निजि बिद्यालयमा अनुगमन गर

तुलसीपुर, २७ जेठ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै तुलसीपुर सहित दाङमा गएको बैशाख ९ गते देखी सम्पुर्ण शैक्षिक गतिविधिहरु बन्द भए । केन्द्र सरकारले नै कोरोना माहामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी भन्दै कोरोना जोखिम भएका क्षेत्र दाङ सहित धेरै जिल्लामा भौतिक रुपमा पठनपाठनमा रोक लगाएपछि बिद्यालय बन्द हुन पुगे । त्यस लगतै दाङमा गत बैशाख १७ गतेदेखी बन्दाबन्दी सुरु भयो ।

जिल्लामा उक्त बन्दाबन्दी अहिले पनि जारी नै छ ।जसले गर्दा तुलसीपुर क्षेत्रका सामुदायिक तथा निजि विद्यालयहरु बन्द भएको झन्डै दुई महिना पुग्न थाल्यो । कतिपय विद्यालयले अनलाईन कक्षा संचालन गरेपनि त्यो प्रभावकारी बन्न सकेन । धेरै बिद्यालयहरु पठनपाठनबाट बन्चित हुनु प¥यो । झन्डै दुई महिना सम्म बिद्यालय बन्द भए । तर अहिले तुलसीपुर उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले बन्द भएको बैशाख र जेठको मासीक शुल्क अशुल गरीरहेका छन् ।

यो वर्षको शैक्षिक शत्रमा भौतिक रुपमा बिद्यालयमा बार्षिक परिक्षा गराउन सम्भव नभएपछि उनीहरुले विद्यार्थीको घरमै परिक्षा पेपर पठाएर परिक्षा गराउने नाममा परिक्षा शुल्क समेत अशुल गरेका छन् ।तुलसीपुरका संस्थागत विद्यालयहरुले परिक्षाको नाममा परिक्षा शुल्क लिनु स्वभाविकै मानिएला तर पठनपाठन बन्द भएको दुई महिनाको समेत मासीक शुल्क असुल गरेपछि अभिभावकहरु पिडित बनेका छन् ।

उनीहरुले नत खुलेर यसको विरोध गर्न सकेका छन् नत यस बारेमा बोलिदिने सरोकारवाला निकाय नै बोलेका छन् ? या त स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले अनुगमनलाई ध्यान दिएको छ ।निजि बिद्यालयहरुले अभिभावकहरुलाई सम्पर्क गरी बार्षिक परिक्षाको पेपर लिन बोलाउँछन् ।

त्यहि बेला मासीक शुल्क र परिक्षा शुल्क एकैसाथ अशुल गरेको अभिभावकहरु बताउँछन् ।सरकारले कोरोना माहामारीको समयमा पठनपाठन बन्द भएकाले बिद्यार्थी तथा अभिभावक संग बिद्यालय बन्द भएको समयको कुनै मासीक शुल्क नलिनु भनेको छ ।साथै बार्षिक परिक्षाको शुल्क समेत नलिन भनेको छ ।तर पनि निजि बिद्यालयहरुले सरकारको निर्देशनलाई व्यवास्ता गदै आएका छन् । स्थानिय सरकारले समेत यस बिषयमा चासो नदिदा निजि बिद्यालयहरुले अभिभावक संग मासीक र बार्षिक परिक्षाको शुल्क लिदै आएका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका , लमही नगरपालिका लगाएतका पालिकाले सुचना निकालेर सामुदायिक तथा निजि बिद्यालयले मासीक वा बार्षिक परिक्षाको शुल्क नलिनु भनेका छन् । तुलसीपुर उपमहानगरपालिकाले यस बारेमा भने अहिले सम्म कुनै सुचना जारी नगर्दा निजि बिद्यालयहरुलाई थप हौसला प्रदान गरिएको छ, तर अभिभावकहरु भने पिडित बनेका छन् ।
बिशेषगरी व्यापार व्यवसाय गदै निजि स्कुलमा छोराछोरीलाई पढाएका अभिभावकहरु मर्का परेका छन् । उनीहरुको कुनै आम्दानी नभएको अवस्थामा पनि बिद्यालयले शुल्क अशुलेपछि किनै समस्या भएको उनीहरुको गुनासो छ । त्यसकारण स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाले अभिभावकहरुको पिडा तथा गुुनासो सम्वोधन हुने गरी अनुगमन थाल्न जरुरी छ । यस्तो संकटको समयमा पनि निजि बिद्यालयहरुले अभिभावकलाई मर्का पर्ने शुल्क अशुल गर्ने निति उपयुक्त होईन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया