२०८३ कार्तिक १८ गते बुधवार

साउदीबाट धितालले पठाए तुलसीपुर मेट्रो अस्पताललाई २५ हजार

तुलसीपुर, ५ जेठ । साउदीको साकाका अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड टोल घरभइ  हाल साउदीमा बस्दै आउनु भएका मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको बताउनुभयो । मेट्रो अस्पतालमा निर्माण गरिएको आइसोलसनमा अहिले कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । अक्सिजन र आइसोलेसन व्यवस्थापनका लागि सहयोग गरेको धितालले बताउनुभयो ।

‘म रोजगारीका लागि विदेशमा भएपनि मेरो मन नेपालमै छ । मेरो श्रीमती र छोराछोरी पनि नेपालमै छन् ,’ धितालले भन्नुभयो–‘ हामी बिरामी हुँदा उपचारकालागि जाने अस्पताल पनि त्यही हो । त्यसैले आफ्नो कर्तव्य सम्झेर दुःखसुख गरेर कमाएको पैसा पठाएको हुँ ।’

धितालले इसेवा मार्फत  तुलसीपुर अक्सिजन बैकको खातामा पैसा पठाउनु भएको थियो । यसैबिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले साउदीमा रहनु भएका सहयोगी दाता धिताललाई भिडियो कल मार्फत धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।