२०८३ भाद्र ११ गते बिहिवार

दलित महिला संघद्धारा एक लाख सहयोग

तुलसीपुर, ३ जेठ । दलित महिला संघ दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । आइसोलेसन व्यवस्थापन र अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण अक्सिजन अभावमा नागरिकले अकालमा ज्याउन गुमाउनु परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष कराराले बताउनुभो ।

यसैबिच कोरोना महामारी रोकथाम तथा नियन्त्रणकालागि तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा पुगेर तुलसीपुर उपमहानगरपालिका–६ शिखरकोलनी निबासी दोर्ण बहादुर केसी, मञ्जीता कोसीले पाँच हजार पाँच रुपैयाँ सहयोग गर्नु भएको छ । यसैगरी नेपाल टेलिकम तुलसीपुरका कर्मचारी लक्ष्मी नारायण अर्जेलले पनि तुलसीपुर कोरोना अस्पताललाई ५ हजार सहयोग गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया