डाँगी परिवारद्धारा तुलसीपुर कोरोना आइसोलेसनलाई ५० हजार सहयोग

तुलसीपुर , २ जेठ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि मित्रकुमारी डाँगीले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई ५० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका –९ दोघरे निबासी बिर बहादुर डाँगी, टोप बहादुर डाँगी, गोकर्ण डाँगी र भरत कुमार डाँगीकी पुजनिय आमा मित्रकुमारीले कोरोना संक्रमित बिरामीको उपचारकाका लागि सहज बनाउने उद्देश्ये आर्थिक सहयोग गरेको बताउनुभयो । मित्रकुमारीका छोरा तथा तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन शाखा प्रमुख समेत रहनुभएका टोप बहादुर डाँगीले उक्त रकम तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया